:
Breaking News

तीन जनामाथि चरित्रहत्या र धम्कीको आरोप, सुनिता मगरले साइबर ब्युरोमा दर्ता गराइन् उजुरी

top-news

काठमाडौँ — सामाजिक सञ्जालमार्फत गालीगलोज, धम्की र चरित्रहत्या गरेको आरोपमा तीन जना विरुद्ध साइबर ब्युरोमा मुद्दा दर्ता भएको उजुरीकर्त्ता सुनिता मगरले बताएकी छन्।

सुनिता मगरका अनुसार, सोलुखुम्बु घर भइ हाल काठमाडौँ तथा कुवेत बस्दै आएकी बिमला गिरीले लामो समयदेखि आफूलाई विभिन्न माध्यममार्फत गालीगलोज गर्दै धम्की दिँदै आएकी छन्। लगातार आएका अभद्र शब्द र चरित्रहत्या गर्ने अभिव्यक्तिका कारण आफू उजुरी दर्ता गर्न बाध्य भएको उनले बताएकी छन्।

यसैगरी, सोलुखुम्बु सोताङ घर भइ हाल मलेसिया बस्दै आएका विकास राईले सामाजिक सञ्जालमा पत्रकार रवि लामिछानेबारे अपमानजनक शब्द प्रयोग गर्नुका साथै आफूलाई समेत लक्षित गर्दै अभद्र भाषा प्रयोग गरेको आरोप सुनिताले लगाएकी छन्। उनका अनुसार, झोले, फोरि र अन्य आपत्तिजनक शब्द प्रयोग गरिएको सामग्रीले आफूलाई मानसिक र सामाजिक क्षति पुर्‍याएको छ।

तेस्रो व्यक्तिका रूपमा सोलुखुम्बु लाप्ला बस्दै आएकी सुनिता राईले सामाजिक सञ्जालमा ‘कुकुर्नी’ जस्ता अपमानजनक शब्द प्रयोग गर्दै झूटो आरोप लगाइरहेको र आफ्नो चरित्रहत्या गर्दै आएको दाबी सुनिता मगरले गरेकी छन्। यस्तो व्यवहार रोक्न त्यसलाई पनि उजुरीमा समावेश गरिएको उनले बताइन्।

साइबर ब्युरोमा उजुरी दर्ता भइसकेपछि कानुनी प्रक्रिया अघि बढ्ने बताइएको छ।
उजुरीकर्त्ता सुनिता मगरले ती तीनै व्यक्तिलाई “कानुनी प्रक्रियामा सहजता होस् भनी चाँडै सम्पर्कमा आउन” आग्रह गरेकी छन्।

https://maannews.acnoo.com/public/frontend/img/header-adds/adds.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *